मलेसियन बिआईसिटी कार्यक्रम अब नेपालमा ।
नेपालमै विदेशी आईटी ब्याचलर डिग्री बीआईसिटी अध्ययन
गर्न पाइने भएकाे छ।ललितपुर कुमारीपाटी स्थित भिरिन्ची कलेजले मलेसियन
एसिया इ विश्वविद्यालयकाे सम्बन्धनमा ४ बर्षे (८ सेमेष्टर) मा आधारित
ब्याचलर डिग्री काेर्श संचालनमा ल्याएकाे हाे ।
बदलिँदो विश्व परिवेश सँगै अपडेट हुने गरि निमार्ण गरिएकाे यश आईसिटी
डिग्रीमा भर्ना हुनका लागि नेशनल एजुकेसन बाेर्ड परीक्षामा कम्तिमा
एग्रिगेट 'डि प्लस' र म्याथम्याटिक्समा 'सि प्लस' ग्रेड ल्याएकाे हुनुपर्ने
छ ।सम्पुर्ण काेर्शकाे माेडुललाई अनिवार्य , ऎच्छिक, काेर, सफ्टवेयर
इन्जिनियरिङ बिषय गरि छुट्टाइएकाे छ।जसले गर्दा विधार्थीले आफुलाई इच्छा
लागेकाे क्षेत्रमा ४ बर्षे काेर्श अध्ययन गर्दागर्दै अब्बल हुने र करियर
बनाउन सक्ने छन। विदेशी डिग्री भएकाले नेपालमा केही महङ्गो भएपनि अरू आईसिटी
काेर्श भन्दा बढी प्रभावकारी तथा उपयोगी रहने देखिन्छ। यश काेर्श अध्ययनका
लागि जम्मा रू ९ लाख ८० हजार शुल्क लाग्नेछ । जसमा भर्ना फारम शुल्क ५ सय,
भर्ना शुल्क १ लाख ७० हजार, वार्षिक कार्यका लागि १६ हजार(वान
टाइम),विश्वविद्यालय दर्ता शुल्क ३० हजार र प्रत्येक सेमेष्टरकाे शुल्क ९५
हजार ५ सय सम्मिलित छन ।
यश काेर्शकाे अध्ययन पश्चात् वेब एप्लिकेसन, वेब डेभलपमेन्ट, डाटाबेस, आइएनजिओ,
एनजीओ, रिसर्च सेन्टर, आईटी पार्क, सफ्टवेयर डेभलपमेन्ट, नेटवर्क
सेक्युरिटी, बैंक, वित्तीय संस्था, इन्डष्ट्रि, कम्युटर एप्लिकेसन,
प्राेग्रामिङ, यमआइएस म्यानेजर, आईटी म्यानेजर, आदि क्षेत्रमा करियर बनाउन
सकिनेछ।
-जल्वा सुवेदी
(टेक्नाे लभर)











