के हाे मेमोरी कार्ड ?

मेमोरी कार्ड (Memory Card)  भनेको के हो ?

Digital information लाइ  storage गर्ने प्रयोग गरिने device लाई नै Memory Card भनिन्छ । Memory Card लाई SD(Secure Digital) कार्ड पनि भनिन्छ । यो एउटा Portable device अन्र्तगत पर्दछ । सामान्यतया क्षमता र आकारका आधारमा मेमोरी कार्ड  ३/३  प्रकारका हुन्छन । जुन यसप्रकार रहेका छन ।

क्षमताका आधारमा (Base on Capacity)

१) SD(Secure Digital)Card:- यो पहिलो पुस्ताको मेमोरी कार्ड हो । यसको मोटाई 2.1mm, लम्बाइ 15.0mm , चौडाई 11.0mm तथा  क्षमता 2 GB सम्म हुन्छ ।
२) SDHC(Secure Digital High Capacity) Card:- यो दोस्रो पुस्ताको मेमोरी कार्ड हो । यो पनि SD जस्तै हुन्छ । यसको क्षमता ४ GB देखि ३२ GB सम्म हुन्छ । यसप्रकारको मेमोरी कार्ड सन् २००६ देखि उपलब्ध हुन थालेको हो ।

३) SDXC(Secure Digital Extended Capacity) Card:- यो तेस्रो पुस्ताको मेमोरी कार्ड हो । यसको क्षमता ४८ GB देखि २ TB सम्म हुन्छ । यसप्रकारको मेमोरी कार्ड सन् २००९ देखि उपलब्ध हुन थालेको हो ।

आकारका अधारमा (Base on Size)

१) Main SD Card:- Devices मा सिधैँ प्रयेग गर्न सकिने SD Card लार्इ मूल एसडी भनिन्छ ।

२)Mini SD Card:- Adapter को माध्यमद्वारा Devices मा प्रयोग गर्ने सकिने SD Card लाई मिनी एसडी कार्ड भनिन्छ ।

३)Micro SD Card:- Adapter को माध्यमद्वारा Devices मा प्रयोग गर्ने सकिने SD Card लाई माईक्रो एसडी कार्ड भनिन्छ । जुन Mini SD Card भन्दा केही सानो हुन्छ ।

मेमोरी कार्डको (Speed)गति / (Class) श्रेणी कसरी थाहा पाउने ?

Memory Card मा भएको अधुरो गोलो आकार भित्रको अङ्कले Memory Card को Class बुझाँउछ । अधुरो गोलोआकारमा २ लेख्नुको अर्थ class २ हो ।
यसैगरि जति अंक लेखिएको छ । त्यति नै Class को  Speed छ भन्ने बुझिन्छ । त्यसैगरी अंग्रेजी अक्षर  ‘U’ जस्तै चिन्हको भित्र १ वा ३ लेखिएको छ भने त्यसबाट प्रतिसेकेन्ड १० वा ३० MB के Speed दिन्छ भन्ने थाहा हुन्छ ।
      Prakash Subedi 'Jalwa' 
(Janamaitri Multiple Campus) 
       (BICT 7th Semester)

Share this:

0 comments:

Post a Comment