विधुतीय हस्ताक्षर भनेकाे के हाे ?

 

 विधुतीय हस्ताक्षर भनेकाे के हाे ?

विधुतीय हस्ताक्षर सूचना प्रविधि क्षेत्रकाे एक अाधुनिक प्रबिधि हाे ।जसले सफ्टवेयर, विधुतीय अभिलेख हस्ताक्षरकाे प्रयाेगद्धारा कानूनि मान्यता प्रदान गर्दछ ।

विधुतीय हस्ताक्षर के का लागि ?

नेपालकाे परिप्रेक्ष्यमा सूचना प्रविधि, विधुतीय अथवा अनलाइनबाट गरिने काराेबारलाइ कानूनी मान्यता दिनकाे लागि विधुतीय हस्ताक्षरकाे प्रयाेग गरिन्छ ।

विधुतीय हस्ताक्षर कहाँ कहाँ प्रयाेग हुन्छ?

विधुतीय काराेबार र अभिलेखहरू सिर्जना हुने(e-governance, e-banking, e-library) काे साथ साथै बिभिन्न अफिस एप्लिकेसनहरू (MS-word, Excel, powerpoint, prezi,Portable Document Format(PDF) , Document Management System) अादिमा प्रयाेग गर्न सकिन्छ र कुनैपनि डकुमेन्ट इन्टिग्रेसन गरेर प्रयाेग गर्न सकिन्छ ।

विधुतीय हस्ताक्षर किन प्रयेाग हुन्छ ?

विधुतीय माध्यमबाट हुने क्रियाकलाप र काराेबारलाइ सुरक्षित, भरपर्दो, विश्वसनीय र कानून सम्मत बनाउन डिजिटल हस्ताक्षरकाे प्रयाेग गरिन्छ ।

विधुतीय हस्ताक्षर कसरी प्राप्त गर्न सकिन्छ ?

विधुतीय हस्ताक्षर लिन चाहने ब्यक्ति वा संस्थाले अाफ्नाे कानूनी पहिचान खुल्ने कागजात सहित नेपाल सर्टिफाइङ्ग कम्पनी(NCC) द्वारा उपलब्ध गराइएकाे फारम भरि अाफ्नाे अावश्यकता अनुशारकाे NCC बाट विधुतीय हस्ताक्षर प्राप्त गर्न सकिन्छ ।       


Jalwa Subedi
Janamaitri Multiple Campus
(BICT 7th Semester) 

Share this:

0 comments:

Post a Comment